You are currently viewing एभरेस्ट महिला भलिबल लिगमा सुदूरपश्चिम रोयल वारियर्सको नाममा नयाँ टोलीको ईन्ट्री

एभरेस्ट महिला भलिबल लिगमा सुदूरपश्चिम रोयल वारियर्सको नाममा नयाँ टोलीको ईन्ट्री

एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करणमा नयाँ फ्रेन्चाइज टोलीका रूपमा सुदूरपश्चिम रोयल वारियर्स थपिएको छ।

लिगकी प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाईका अनुसार सुदूरपश्चिम रोयल वारियर्सको स्वामित्व उमा गौतम भण्डारी, सञ्जीप शाही र कुमार भण्डारीसँग रहनेछ।नयाँ टोली थपिएसँगै एभरेस्ट महिला भलिबल लिगमा फ्रेन्चाइज टोलीको संख्या ७ पुगेको छ।

लिगको पहिलो संस्करणमा चितवन शक्ति, गण्डकी थन्डर्स, कर्णाली यश्वी, काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स र मधेश युनाइटेड सहभागी थिए। फाइनलमा ललितपुर क्विन्सलाई ३–२ को सेटमा पराजित गर्दै कर्णाली यश्वीले उपाधि जितेको थियो।

दोस्रो संस्करणमा चितवन शक्ति र गण्डकी थन्डर्स बाहिरिँदा लुम्बिनी लाभास र पोखरा निन्जास नयाँ टोलीका रूपमा थपिएका थिए। दोस्रो संस्करणको फाइनलमा पनि कर्णालीले ललितपुरलाई ३–२ कै सेटमा हराउँदै लगातार दोस्रोपटक उपाधि जितेको थियो।

अब तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल वारियर्सको प्रवेशसँगै महिला भलिबलमा सुदूरपश्चिमको प्रतिनिधित्व थप बलियो हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply