You are currently viewing कैलालीमा सालको रुखमा मोटरसाइकल ठो!क्किदा चालकको मृ*!त्यु

कैलालीमा सालको रुखमा मोटरसाइकल ठो!क्किदा चालकको मृ*!त्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।भजनी नगरपालिका–४ कुडीस्थित भजनी–सुख्खड सडकखण्डमा धनौराबाट भजनीतर्फ आउँदै गरेको मोटरसाइकल सडक छेउमा रहेको सालको रुखमा ठोक्किँदा दुर्घटना भएको हो।

 

बुधबार राति करिब ९ बजे भएको दुर्घटनामा भजनी नगरपालिका–१ मधुवन शिविर निवासी करिब ३० वर्षीय मुकेश चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०१२ प १६५१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि मोटरसाइकल सडकबाट करिब २० मिटर तल नालीमा पुगेको थियो। टाउकोमा गम्भीर चोट लागेका चौधरीलाई उपचारका लागि एम्बुलेन्समार्फत प्राथमिक स्वास्थ्य केन्द्र भजनी लगिएको थियो।

तर, राति करिब ९ः४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। शव प्राथमिक स्वास्थ्य केन्द्र भजनीमै राखिएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

By : Presspatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply