अस्ट्रेलियाको नर्थन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालका मिडियम पेसर नारायण जोशीले उत्कृष्ट्र प्रर्दशन गरेका छन । हरिकेन्स एकेडेमी विरुद्ध जोशीले सर्वाधिक ३ विकेट लिन सफल भएका छन्। उनले २ ओभरमा मात्र ८ रन खर्चिए।
लगातार दुइ खेलमा हार व्यहोरेको नेपालले सोमबार भएको खेलमा होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गरेको हो । नेपालले दिएको १५५ रनको लक्ष्य पछ्याएको होबार्ट १८.३ ओभरमा ११५ रनमा अलआउट भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?