थ्रीस्टार्स अंग्रेजी आवासिय विद्यालय र शिखर ईन्सुरेन्स बीच रु १ लाख बराबरको दुर्घटना बिमा सम्बन्धी सम्झौता

धनगढी ८ क्याम्पस रोडमा रहेको थ्रीस्टार्स अंग्रेजी आवासिय विद्यालय र शिखर ईन्सुरेन्स बीच सम्झौता भएको छ ।

 सोमबार विद्यालय प्रांगणमा भएको सम्झौता अनुसार अब थ्रीस्टार्समा कार्यरत सम्पूर्ण ( ७७ जना ) कर्मचारीहरुलाई कुनैपनि किसिमको चोटपटक लागे वा अंगभंग भए एक वर्षसम्मलाई रु १,००,००० बराबरको दुर्घटना बिमा सुविधा प्राप्त गर्ने विद्यालय प्रशासनले जनाएको छ ।

सम्झौता पत्रमा विद्यालयका प्रबन्ध निर्देशक गोपाल शर्मा र शिखर ईन्सुरेन्सका प्रतिनिधि बीच हस्ताक्षर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top