धनगढी ५ तारानगरमा रहेको एक्सिसका पूर्व कानून विद्यार्थी जानकी भट्ट सुदूरपश्चिम विश्वविद्यालयद्वारा सञ्चालित स्नातक तहको कानून (BALLB) प्रवेश परीक्षामा प्रथम स्थान हासिल गर्न सफल भएकी छन्।

सुदूरपश्चिम विश्वविद्यालयले सञ्चालन गरेको कानूनमा स्नातक (बिएएलएलबी) प्रवेश परीक्षा–२०८३ मा उत्कृष्ट प्रदर्शन गर्दै भट्टले प्रथम स्थान हासिल गरेकी हुन्। उनको सफलतालाई मेहनत, लगनशीलता, अनुशासन र आत्मविश्वासको परिणामका रूपमा लिइएको छ। एक्सिसमा अध्ययनका क्रममा हासिल गरेको ज्ञान, सीप र आत्मविश्वासलाई निरन्तरता दिँदै भट्टले कानून शिक्षाको क्षेत्रमा उत्कृष्ट सफलता हासिल गरेकी हुन्।
एक्सिसका प्लस टु संयोजक घनश्याम मलासीले भट्टको सफलता एक्सिस परिवारका लागि गौरवको विषय भएको बताए। उनले भट्टलाई बधाई दिँदै आगामी शैक्षिक तथा व्यावसायिक यात्राको सफलताको शुभकामना व्यक्त गरे। भट्टको यो उपलब्धिले एक्सिसमा अध्ययनरत विद्यार्थी तथा भावी पुस्तालाई समेत मेहनत र लगनशीलताका साथ अघि बढ्न प्रेरणा मिलेको एक्सिसले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?