माइलस्टोन स्कुलमा तेक्वान्दोे दोजाङद्वारा जुनियर ग्रेडिङ कार्यक्रम सम्पन्न

धनगढी ७ मोतीचोकमा रहेको माइलस्टोन इङ्लिस बोर्डिङ्ग स्कुलमा माइलस्टोन तेक्वान्दो दोजाङद्वारा जुनियर ग्रेडिङ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

आइतबार विद्यालय प्रांगणमा आयोजना गरिएको उक्त ग्रेडिङ कार्यक्रममा विद्यालयको विभिन्न कक्षामा अध्ययनरत ३७ जना विद्यार्थी सहभागी रहेका थिए । विद्यालयमा रहेको तेक्वान्दो दोजाङको मुख्य प्रशिक्षकमा योगेन्द्र खोलाउला रहेका छन ।

उक्त जुनियर ग्रेडिङ कार्यक्रममा एक्जामिनर सञ्जय श्रेष्ठ तथा कैलाली जिल्ला तेक्वान्डो संघकी कोषाध्यक्ष नेहा चौधरीको विशेष उपस्थिति रहेको थियो ।ग्रेडिङ कार्यक्रममा सहभागी खेलाडीहरुले अनुशासन आत्मविश्वास, लगनशीलता तथा तेक्वान्डोप्रतिको आफ्नो रुचि,खेल कौशल र समर्पणलाई निर्णायक सामू उत्कृष्ट रूपमा प्रस्तुत गरेका थिए।

साथै, उनीहरूले दोजाङमा सिकेका विभिन्न सीप तथा अभ्यासहरूको प्रभावकारी प्रदर्शन गर्दै ग्रेडिङको पूर्वप्रस्तुति समेत प्रस्तुत गरेका थिए। तेक्वान्दो खेललाई विद्यार्थीहरुको शारीरिक तथा मानसिक तन्दुरुस्ती, आत्मअनुशासन, आत्मविश्वास र सकारात्मक सोचको विकास गर्ने खेलको रुपमा लिइन्छ ।


पछिल्लो समय नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको माइलस्टोन इङ्लिस बोर्डिङ्ग स्कुलमा पढाइसँसँगै बालबालिकाको सर्वाडगिर्ण विकासका लागि अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकतामा राखेको विद्यालयका संस्थापक प्रिन्सिपल भुवन मल्लले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top