भोटेकोशी बाढीपिडितका लागि धनगढीको SPA कलेजद्वारा राहत सामग्री सहयोग

गत भाद्र १० गते चीनको तिब्बत हुँदै भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित बालबालिका तथा परिवारका लागि सुदूरपश्चिमको अग्रणी शैक्षिक संस्था एसपिए कलेज  (S.P.A.College)  का विद्यार्थीहरूले राहत सामग्री सहयोग गरेका छन्।

कलेजका विद्यार्थीहरूको तर्फबाट स्वतःस्फूर्त रूपमा विभिन्न अत्यावश्यक राहत सामग्रीहरू संकलन गरीएको हो। विपद्को यस कठिन घडीमा पीडितहरूसँग ऐक्यबद्धता जनाउँदै विद्यार्थीहरूले राहत वितरण गरेका छन्।

संकलित राहत सामग्रीहरूको विवरणअनुसार बालबालिकाका लागि २० जोडी कपडा, ३२ जोडी चप्पल, १२ पिस ग्लुकोज र १० प्याकेट मिल्क पाउडर सहयोग गरिएको छ। त्यसैगरी, २५ दर्जन बालबालिकाका डायपर, १० पोका टिस्यु पेपर, १५ पोका खाने भुजा, ६ पोका चिउरा, १ पेटी चाउचाउ, १ प्याकेट पेन र २ दर्जन बिस्कुट पनि राहत स्वरूप उपलब्ध गराइएको छ।

रसुवाका बाढीपीडितहरूको दुःखमा एसपिए कलेज परिवारले यो सानो साथ दिएको जनाएको छ। साथै, यस मानवीय कार्यमा सहयोग जुटाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हातेमालो गर्ने सम्पूर्ण विद्यार्थी साथीहरूलाई कलेज परिवारले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top