गत भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुर्नस्थापनामा सहयोग पुर्याउने उद्देश्यले धनगढी ८ क्याम्पस रोडमा रहेको एरिष्टो माध्यमिक विद्यालयले रु.३ लाख १ हजार १११ आर्थिक सहयोग गरेको छ । बाढीबाट भएको अकल्पनिय क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुर्नस्थापनाका लागि एरिष्टो स्कुलले आर्थिक सहयोग गरेको हो ।

बाढी प्रभावित परिवारको पीडामा साथ दिने उद्देश्यले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबाट रु ५४,९२५,शिक्षक कर्मारीहरुको तर्फबाट रु १,२५,००० र विद्यालय का तर्फबाट रू १,२१,१८६ गरी जम्मा रू तीन लाख एक हजार एक सय एघार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको विद्यालय प्रशासनले जनाएको छ ।
विपद्को कठिन घडीमा पीडित नागरिकको साथमा उभिनु सामाजिक तथा मानवीय दायित्व भएकोले आफूहरुले विद्यार्थी,कर्मचारीबाट केहि रकम र केहि रकम विद्यालय प्रशासनले नै सहयोग गरेको विद्यालयकी प्रबन्ध निर्देशक शान्ती अधिकारी क्षेत्रीले जानकारी दिइन ।
भाद्र १० गते चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखालगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । अहिलेसम्म एक हजार भन्दा बढी मानिसको मृत्य भइसकेको पुष्टि भएको छ भने हजारौं नागरिक सम्पर्क विहिन छन । हाल राज्यले आफ्ना सबै संयन्त्र प्रयोग गर्दै उद्धार तथा राहत एंव पुर्नस्थापनाको काम अगाडि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?