भोटेकोशीका बाढीपीडितको पुर्नस्थापनाका लागि एक्सिस विद्याश्रमद्वारा २ लाख २५ हजार ५ रुपैयाँ आर्थिक सहयोग

गत भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले धनगढीस्थित एक्सिस विद्याश्रम माध्यमिक विद्यालयले २ लाख २५ हजार ५ रुपैयाँ सहयोग गरेको छ।

बाढी प्रभावित परिवारको पीडामा साथ दिने उद्देश्यले विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा विद्यालय प्रशासनको सामूहिक प्रयासमा उक्त रकम संकलन गरिएको विद्यालयले जनाएको छ। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

विपद्को कठिन घडीमा पीडित नागरिकको साथमा उभिनु सामाजिक तथा मानवीय दायित्व भएको भावनासहित विद्यालय परिवारले स्वस्फूर्त रूपमा राहत अभियान सञ्चालन गरेको थियो। अभियानमा शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकले आफ्नो क्षमता र स्वइच्छाले योगदान गरेका थिए भने विद्यालय प्रशासनले समेत अभियानमा सहकार्य गर्दै कुल रु। २,२५,००५ संकलन गरिएको थियो ।

बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै एक्सिस विद्याश्रमले विपद्बाट प्रभावित सम्पूर्ण परिवारप्रति ऐक्यबद्धता प्रकट गरेको छ। साथै, उद्धार, राहत तथा पुनःस्थापनाका लागि देश तथा विदेशबाट भइरहेका मानवीय सहयोग र प्रयासप्रति विद्यालय परिवारले आभार व्यक्त गरेको छ।

विद्यालयले बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित नागरिकले चाँडै सुरक्षित र सामान्य जनजीवनमा फर्किन सक्ने वातावरण निर्माण होस् भन्ने कामना समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top