भाद्र १० गते चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुर्नस्थापनाका लागि धनगढी ५ हसनपुरमा रहेको बाल्मीकी इण्टरनेसनल स्कुलले आर्थिक सहयोग गरेको छ ।

बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पिडितहरुको उद्धार, राहत तथा पुर्नस्थापनाका लागि बाल्मीकी इण्टरनेसनल स्कुलले रु. २,११,१११ आर्थिक सहयोग गरेको हो ।उक्त रकममध्ये रु. १,००,००० विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको स्वेच्छिक योगदान र रु. १,११,१११ विद्यालयको तर्फबाट गरी रु २,११,१११ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालय प्रशासनले भनेको छ बाढीबाट भएको जनधनको क्षतिको तुलनामा यो सहयोग सानो भए पनि विपद्को समयमा सामूहिक प्रयास र सहकार्यले पीडितहरूको राहत तथा पुनर्स्थापनामा महत्वपूर्ण योगदान पुर्याउन सक्छ भन्ने हाम्रो विश्वास छ।यस मानवीय कार्यमा स्वेच्छापूर्वक योगदान गर्नुहुने सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूप्रति वाल्मीकि इन्टरनेशनल स्कूल परिवार हार्दिक आभार व्यक्त गर्दछ। यस दुःखद घडीमा बाढीबाट प्रभावित सम्पूर्ण परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै शीघ्र राहत, पुनर्स्थापना तथा सामान्य जनजीवनमा फर्किने वातावरण निर्माण होस् भन्ने कामना गर्दछौँ।

चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखालगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । अहिलेसम्म एक हजार ३ सयभन्दा बढी मानिसको मृत्य भइसकेको पुष्टि भएको छ भने हजारौं नागरिक सम्पर्क विहिन छन । हाल राज्यले आफ्ना सबै संयन्त्र प्रयोग गर्दै उद्धार तथा राहत एंव पुर्नस्थापनाको काम अगाडि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?