भोटेकोशी बाढीपिडितको साथमा माइलस्टोन ईङ्लिस बोर्डिङ्ग स्कुल,रु ६४ हजार भन्दा बढी आर्थिक सहयोग

गत भाद्र १० गते चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुर्नस्थापनाका लागि धनगढी ७ भानुचोकमा रहेको माइलस्टोन ईङ्लिस बोर्डिङ्ग स्कुले आर्थिक सहयोग गरेको छ ।

बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पिडितहरुको उद्धार, राहत तथा पुर्नस्थापनाका लागि माइलस्टोन स्कुलले रु. ६४,०७५ आर्थिक सहयोग गरेको हो ।विद्यार्थीहरूले एकदिनको खाजा खर्च कटाएर रु. ९,०७५ जम्मा गरेका थिए भने शिक्षक, शिक्षिका तथा कर्मचारीहरुको एकदिनको तलब बराबरको रु. ३०,००० र विद्यालय प्रशासनको तर्फबाटः रु. २५,००० गरी जम्मा रु ६४,०७५ बाढीपडितका लागि संकलन गरेको विद्यालयका संस्थापक प्रिन्सिपल भुवन मल्लले जानकारी गराए ।


प्रिन्सिपल मल्लले प्रतिक्रिया दिदै भने देशका जुनसुकै भूभागका नागरिकलाई चोट पर्दा पनि सारा नेपालीलाई दुख्छ दुख्नुपर्छ,बाढीबाट बिचल्लीमा परेका परिवारजनमा थोरै भएपनि राहत होस र उहाँहरुको दु:खमा हामीपनि साथमै छौं भन्नका लागि विद्यालय परिवारको तर्फबाट आर्थिक सहयोग गरेका हौं ।

धनगढी नगर प्याब्सनमा आबद्ध सबै विद्यालयबाट संकलित रकम जिल्ला प्याब्सन र जिल्ला प्याब्सनबाट केन्द्रिय समितलाई पठाएर केन्द्रिय कार्यसमितिमार्फत रु १० करोड भन्दा बढी रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने माइलस्टोन ईङ्लिस बोर्डिङ्ग स्कुलका संस्थापक प्रिन्सिपल भुवन मल्ल बताउँछन ।


सङ्कटको यो घडीमा सबै नेपालीले आ–आफ्नो ठाउँबाट सहयोगको हात अगाडि बढाएरे बाढी–पहिरो पीडित परिवारको जीवनमा नयाँ आशाको किरण जगाउन विद्यालय प्रशासनले आग्रह गरेको छ ।

चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखालगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । अहिलेसम्म एक हजार ३ सयभन्दा बढी मानिसको मृत्य भइसकेको पुष्टि भएको छ भने हजारौं नागरिक सम्पर्क विहिन छन । हाल राज्यले आफ्ना सबै संयन्त्र प्रयोग गर्दै उद्धार तथा राहत एंव पुर्नस्थापनाको काम अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top