भोटेकोशी बाढीपीडितहरुको सहयोगार्थ ‘सुदूरपश्चिम रोयल वारियर्स’को अगुवाइमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, भोटेकोशी बाढीपीडितहरुको सहयोगार्थ सुदूरपश्चिम रोयल वारियर्सको अगुवाइमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सनिबार काठमाण्डौं लाजिम्पाटमा रहेको स्पालोन युनिसेक्स सलुनमा आयोजना गरिएको उक्त रत्तदान कार्यक्रममा ६५ जनाभन्दा बढीले रक्तदान गरेको सुदूरपश्चिम रोयल वारियर्सकी सिइयो उमा गौतम भण्डारीले जानकारी दिइन ।

बिहान १० देखि अपराह्न ३ बजेसम्म सञ्चालन भएको उक्त रत्तदान कार्यक्रममा चर्चित गायक तथा नेपाल आइडल रबि वड, स्काइ वाक टावरका चेयरम्यान तेजबहादुर सिंह लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदैे यस पवित्र मानवताको सेवामा गरिएको अभियानमा सहभागी सम्पूर्ण रक्तदाताप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने सिइयो उमा गौतम भण्डारीले बताइन । उक्त रत्तदान कार्यक्रममा स्पालोन युनिसेक्स सलुन,मेट्रो ब्लड बैंक, र एरा अन्तर्राष्ट्रिय अस्पतालले पनि सहकार्य गरेका थिए ।


सुदूरपश्चिम रोयल वारियर्स एभरेष्ट महिला भलिबल लिगका लागि भित्रिएको नयाँ क्लब हो । यसमा व्यवसायी कुमार भण्डारी,उमा गौतम भण्डारी,सुदूरपश्चिमका युवा व्यवसायी संजिव शाही लगायत आबद्ध छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top