जापानमा आगामी असोजमा हुने २०औँ एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ ।

नेपाल ओलम्पिक कमिटीले आइतबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।टोलीमा रोहितकुमार पौडेल, सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, लोकेश बम, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुल्शनकुमार झा, कुशल मल्ल, नन्दन यादव, ललितनारायण राजवंशी र शेर मल्ल रहेका छन् ।टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल रहेका छन् ।
समूह ए मा रहेको नेपालले पहिलो खेल सेम्टेम्बर २६ मा अफगानिस्तानसँग खेल्दैछ भने सेप्टेम्बर २६ मा आयोजक राष्ट्र जपानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले हालै मलेसियामा युएइलाई हराउँदै सन २०२७ को एकदिवसिय एसिया कपमा स्थान पक्का गरेको छ ।

अब नेपालले भारत,पाकिस्तान,श्रींलका,बंग्लादेश र अफगानिस्तान जस्ता विश्व क्रिकेटका पावरहाउससँग एसिया कपमा प्रतिस्पर्धा गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?