एसपिए लिटल फ्लावर प्राइड लिग असोज १५ गतेदेखि आयोजना हुने

डिल्लीराज ओझा / धनगढी : एसपिए लिटल फ्लावर प्राइड लिग ( पुरुष सिनियर खुल्ला टि२० क्रिकेट प्रतियोगीता ) असोज १५ गतेदेखि २१ ग्तेसम्म आयोजना हुने भएको छ । आयोजक संस्था लिटल फ्लावर स्पाटर्स एण्ड इभेण्टस धनगढीले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै प्रतियोगीताको मिति सार्वजनिक गरेको हो । धनगढीको फाप्ला खेल मैदानमा आयोजना हुने प्रतियोगीतामा १४ टोलीको सहभागीता रहनेछ । विजेता टोलीले नगद रु.२ लाख,प्रमाणपत्र,मेडल र आकर्षक ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद रु.१ लाख,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।


त्यस्तै विधागत रुपमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीहरुले पनि नगद सहित आकर्षक ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने प्रत्येक खेलका म्यान अफ दी म्याच खेलाडीले नगद रु १ हजार प्राप्त गर्नेछन ।

प्रतियोगीताको सम्पूर्ण तयारी भैसकेकोले यसपटकको दशौं संस्करणलाई यादगार बनाउन सम्पूर्ण खेलप्रेमीहरुले खेल अवलोकन गरेर सहयोग गरिदिन हुन प्रतियोगीताका संयोजक तथा लिटल फ्लावर स्पाटर्स एण्ड इभेण्टस धनगढीका अध्यक्ष रामचन्द्र शाहीले आग्रह गरे ।

के हो लिटल फ्लावर प्राइड लिग,कसरी सुरु भयो ?
२०७३ सालदेखि सुरु भएको ग्रासरुट क्रिकेट अभियानले निकै ठूलो उतारचढाव व्यहोर्यो । प्रतियोगीता संयोजक रामचन्द्र शाहीको दृढ इच्छाशक्तीका कारण कोभिड-१९ जस्तो चरम आर्थिक संकटका बीच पनि प्रतियोगीता निरन्तर चलिरह्यो । विद्यालय स्तरका प्रतिभालाई बाहिर ल्याउन तत्कालिन लिटल फ्लावर प्रिमियर लिगले महत्वपूर्ण भूमिका खेलेको छ । पछिल्लो सयम राष्ट्रिय टोलीमा आबद्ध शेर मल्ल,संदिप जोरा,लोकेश बम,भिम सार्की,हेमन्त धामी,देव खनाल लगायतका दर्जनौं खेलाडीले लिटल फ्लावर प्रिमियर लिग खेलेका छन । शेर मल्लले त आफू भारतबाट आएपछि नेपाल आएर खेलेको पहिलो औपचारिक प्रतियोगीता नै लिटल फ्लावर लिग भएको पत्रकार सम्मेलनमा बताएका थिए ।

धनगढीलाई सिटी अफ क्रिकेट बनाउन र सुदूरपश्चिमको क्रिकेटलाई केन्द्रसम्म जोड्न प्रतियोगीताले पनि महत्वपूर्ण भूमिका खेलेको छ । यो प्रतियोगीतालाई धनगढीका स्थानीय व्यवसायी र खेलप्रेमीले पनि मज्जैले साथ दिए । प्रतियोगीता आयोजनामा निस्वार्थ निरन्तर खटेका रामचन्द्र शाहीलाई प्रदेश सरकार,स्थानीय तह र खेलकुदजन्य संघ संस्थाले भने कहिल्यै हौसला दिएनन । गाह्रो अप्ठ्यारो सोधेनन तैपनि शाहीले कहिल्यै हिम्मत हारेनन । शाही आफूले स्वार्थका लागि काम नगरेको भन्दै विशुद्ध क्रिकेट विकासकै लागि खटेको हुँदा आत्मसन्तुष्टि चाँहि हुने गरेको बताएका छन ।

प्रतियोगीताको सुरुवाती चरणमा शाहीका सहोदर भाइहरु कलेन्द्र शाही,महेन्द्र शाही र हरिषचन्द्र शाहीले पनि राम्रै साथ दिए । पछि अन्य व्यक्तीत्वहरुले पनि शाहीलाई थप उर्जा दिए । त्यो बेला बेग्लै उर्जा थियो,बजारभरी जहाँतहीँ लिटल फ्लावर प्रिमियर लिग र क्रिकेटको मात्रै चर्चा हुने गरेको थियो । लिगको चर्चा चुलिन थालेपछि स्थानीय मात्रै होइन राष्ट्रिय स्तरका व्यवसायिक सघ संस्था पनि जोडिएका थिए ।

यसपटक एकदशक पूरा गर्न गैरेहेको लिटल फ्लावर प्राइड लिगलाई विशेष बनाउन प्रतियोगीता संयोजक रामचन्द्र शाही र उनको टिम निरन्तर खटिरहेकोछ । प्रतियोगीताले कसलाई लाभ हानी गर्यो त्यो फरक विषय हो तर समग्रतामा जब जब नेपाली क्रिकेट विकासको चर्चा हुनेछ तब तब लिटल फ्लावर प्राइड लिग र प्रतियोगीता संयोजक रामचन्द्र शाहीको जरुर चर्चा हुनेछ यो इतिहास कसैले चाहेर पनि सजिलै मेटाउन सक्नेछैनन ।

लिटल फ्लावर प्रिमियर लिग हुँदै प्राइड लिगसम्म आइपुग्दाका केहि महत्वपूर्ण तस्वीहरु:

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top