प्रिन्सेस कपको उपाधि रुपन्देहीको विश्व एकता एकेडेमीलाई

धनगढी क्रिकेट एकेडेमी ( DCA ) को आयोजनामा सञ्चालित कक्षा दशसम्मका छात्राहरु सम्मेलित प्रिन्सेस कपको उपाधि रुपन्दहीको विश्व एकता एकेडेमीले जितेको छ । आइतबार धनगढीमा रहेको चैतन्य पाठशालाको फुटसल मैदानमा सम्पन्न फाइनलमा धनगढीको अपि स्कुललाई पराजित गर्दै विश्व स्कुलले उपाधिमाथि कब्जा जमाएको हो ।

उपाधि जितेसँगै विश्व एकता एकेडेमीले नगद ३० हजार,ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता बनेको अपि स्कुलले नगद रु १५ हजार ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । प्रतियोगीतामा कैलालीका ९ र रुपन्देहीको १ गरी जम्मा १० टोली सहभागी थिए । विजेता तथा उपविजेता टोलीका सदस्यहरुलाई समापन समारोहका प्रमुख अतिथि सुदूरपस्चिम प्रादेशिक कृकेट संघ अध्यक्ष बाशुदेब जोशी लगायतका अतिथिहरुले संयुक्त रुपमा पुरस्कार प्रदान गरे ।

प्रतियोगीताको समापन समारोह धनगढी क्रिकेट एकेडेमीका म्यानेजर संदिप भट्टको अध्यक्षतमा सम्पन्न भएको थियो भने प्रमुख अतिथि सुदूरपस्चिम प्रादेशिक कृकेट संघ अध्यक्ष बाशुदेब जोशी रहेका थिए । त्यसैगरी चैतन्य पाठशाला धनगढी अध्यक्ष गणेश प्रशाद जोशी,सुदूरबेधा एजुकेशन ग्रुपका अध्यक्ष टिएन ढकाल,विश्व एकता एकेडेमी रुपन्देहीका प्रिन्सिपल अमित कुँवर,रुपन्देही जिल्ला क्रेकेट संघका सदस्य तारा पाठक,पूर्व महिला राष्ट्रिय खेलाडी तथा सुदूरपस्चिम प्रदेश महिला कृकेट टोलीकी प्रशिक्षक जानकी भट्ट,यु१९ अन्तराष्ट्रिय क्रिकेटर द्वय स्नेहा महरा ,एन्जी पाठक लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top