काठमाडौंलाई पोखराको २२५ रनको विशाल लक्ष्य,शतकबाट मात्र एक रनले चुके भूर्तेल

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा काठमाडौं गोर्खाजलाई पोखराले २२५ रनको विशाल लक्ष्य दिएको छ।  टस हारेर पहिले ब्याटिङमा उत्रिएको पोखराका लागि कुशल भुर्तेल शतक बनाउनबाट मात्र एक रनले चुके।

कुशलले ५१ बलको सामना गर्दै ९९ रन बनाए। आक्रामक ब्याटिङ गरेका उनले आफ्नो इनिङ्समा ८ चौका र ८ छक्का प्रहार गरे।  कुशल करण केसीको बलमा पटेलबाट क्याच आउट भए। उनी शतकको नजिक पुगेर आउट हुँदा ९९ रनमै पवेलियन फर्किए।

त्यस्तै, युवराज सामराले ५५ बलमा ८९ रनको योगदान दिए। उनले आफ्नो इनिङ्समा ८ चौका र ५ छक्का प्रहार गरे। अर्जुन कुमालले ६ बलमा ५ रन बनाए। कप्तान चमिका करुणारत्नेले ७ बलमा अविजित १९ रन जोड्दा धनञ्जय लक्षान २ रनमा अविजित रहे।कुशल र युवराजको उत्कृष्ट ब्याटिङले टोलीको इनिङ्सलाई मजबुत बनाएको थियो। काठमाडौंका लागि केसी दुई र जहानदाद खानले एक विकेट लिए।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top