नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा धनगढी आउने भएका छन्। मंसिर १५ गतेदेखि सुरु हुने प्रदेश अधिवेशन उद्घाटनका लागि देउवा धनगढी आउने भएका हुन्।

नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले अधिवेशन उद्घाटनका लागि देउवा आउने निश्चित भएको जानकारी दिए। मंसिर १५ गते बिहान ११ बजे अधिवेशनको उद्घाटन कार्यक्रम हुनेछ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देउवा पक्षले सुदूरपश्चिममा प्रदेश अधिवेशन गर्न लागेको हो। प्रदेशका नौवटै जिल्लाका वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेका छन्। केही जिल्लामा अधिवेशन हुन बाँकी रहे पनि अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भएको प्रदेश कार्यसमितिले जनाएको छ।
२०८२ साल भाद्र २३ र २५ मा भएको जेन्जी आन्दोलनपछि देउवा गृह प्रदेशमा गएका छैनन । बाठमाण्डौंको बुढालिकण्ठमा रहेको देउवा निवास ०८२ भाद्र २४ गतेको जेन्जी आन्दोलनमा आन्दोलनकारीले जलाएर ध्वस्त बनाएका थिए भने धनगढी ४ उत्तरबेहडीमा रहेको घरमा पनि आगजनीसहित तोडफोड भएको थियो । आन्दोलनको क्रममा देउवा दम्पतिमाथि सांघातिक आक्रमण हुँदा श्रीमान श्रीमती शक्त घाइते भएका थिए । त्यसपछि देउवा र श्रीमती आरजु राणा उपचारका लागि सिंगापुर गएका हुन । उपचार सकेर देउवा केहिमहिनाअघि नेपाल फर्किसकेका छन ।
हाल कांग्रेस आधिकारिकताको विवाद चुलिएपछि देउवा र गगन समूह छुट्टाछुट्टै बाटोमा हिँडेका छन । गगन समूहले महाधिवेशन केहिमहिनाअघि मात्रै सक्काइसकेको छ भने देउवा समूह नियमित महाधिवेशन भन्दै आउँदो मंसिरमा महाधिवेशन गर्दैछ ।