नेपाली कांग्रेसका चर्चित युवा नेता बिष्नु ऐडीले पार्टी परित्याग गरी रास्वपा प्रवेश गरेका छन । आइतबार नेता ऐडी औपचारिक रुपमा रास्वपामा आबद्ध भएका हुन । रास्वमा आबद्ध भएपछि ऐडीले “कुनै कुण्ठा पोख्नका निम्ति नेपाली कांग्रेस पार्टी परित्याग र पद प्राप्तीका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टी रोजेको होइन । म व्यक्ति बलियो बन्न र हुँन नेपाली कांग्रेस नैं ठीक थियो, तर मेरो समाज, छरछिमेक, गाउँ टोल र समग्रमा नेपाली नागरिकहरु नैं सर्वोच्च बनाउँने मेरो लक्ष हो । तसर्थ आजका दिनमा त्यो प्रयास कहीँ कतै छ भने केवल रास्वापामा मात्र देखेको बताएका छन । उनले सामाजिक सञ्जालमा लेखेका छन ।
यहाँहरु सबै सबैमा नमस्कार ।
मैले सदैव एउटा मान्यता राखी राखें – नीति सही हुनुपर्छ र नियत सफा हुनुपर्छ । करिब करिब नेपाली नागरिकको औसत जीवनको उत्तरार्धमा पुग्दै गर्दा सम्म धेरै चिज पाएँ, धेरै चिज गुमाएँ पनि । जे जति पाएँ, मलाई माया गर्नुहुने तपाईहरु सबैबाट पाएँ । जे जे गुमाएँ, त्यसको हिसाब छैन ।

सामाजिक सेवा, सद्भाव र सदाचार मेरा निम्ति मूल मन्त्र जस्तै हुन्, जुन कुरा म कहिल्यै छोड्न सक्दैन ।
आजका दिन र आजका मितिसम्म मलाई साथ, सहयोग र विश्वास गर्नुहुने सबै प्रति कृतज्ञ नै छु ।
यति लामो राजनीतिक यात्राका क्रममा म संगै रहनुभएका कतिपय साथीभाइहरू, शुभचिन्तक महानुभावहरु, नेता तथा कार्यकर्ता साथीहरु र मेरै घरपरिवारका आफन्तजनहरु समक्ष यत्ति मात्र निवेदन छ – बाटो बदलिएको हो, गन्तव्य होइन ।त्यसकारण म तपाईंहरूसँग छु, तपाईंहरू मसँग हुनुहुन्छ । हाम्रो समाज र मुलुकको हितका निम्ति म सदैव यहाँहरु सँग नैं छु, थिएँ र रहनेछु ।
मैले कुनै कुण्ठा पोख्नका निम्ति नेपाली कांग्रेस पार्टी परित्याग र पद प्राप्तीका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टी रोजेको होइन । म व्यक्ति बलियो बन्न र हुँन नेपाली कांग्रेस नैं ठीक थियो, तर मेरो समाज, छरछिमेक, गाउँ टोल र समग्रमा नेपाली नागरिकहरु नैं सर्वोच्च बनाउँने मेरो लक्ष हो । तसर्थ आजका दिनमा त्यो प्रयास कहीँ कतै छ भने केवल रास्वापा मा मात्र । कतिपय शुभचिन्तक र साथीभाइहरू लाई मैले यो निर्णयको विषयमा सल्लाह गर्न सकिनँ होला, तर पार्टीगत हिसाबले मलाई तपाईंहरूले अलग वा छुट्टै नठान्नु होला, गार्हो, अप्ठेरो पर्दा म सदैव सवैको साथमा हिजो पनि थिए, आज पनि छु , भोली पनि रहनेछु ।