नेपाली कांग्रेस सुदूरपश्चिम (देउवा समूह) को सभापतिमा चर्चित युवानेता पुस्प कुमार शाहीले उम्मेदवारी घोषणा गरेका छन । विहिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै शाहीले आफूले प्रदेश सभापतिमा लड्ने गरी तयारी गरिसकेको बताए । २०५६ सालदेखि निरन्तर पार्टीको भातृ संगठनको नेतृत्व हाँक्नेदेखि हाल महाधिवेशन प्रतिनिधिको रुपमा पनि काम गरिसकेकाले आफूलाई सबै साथीहरुले सहयोग गर्ने बताएका छन । उनले देशभरीबाट महामन्त्री वा सहमामन्त्रीको रुपमा अगाडी आउन आग्रह गरेपनि आफ्नो प्रदेश सभापतिमै रहेर काम गर्ने इच्छा भएकाले पहिला प्रदेश सभापति नै बन्न चाहेको बताए ।

कांग्रेस सुदूरपश्चिम प्रदेश (देउवा समूह) को दोश्रो अधिवेशन यहि मंसिर १५ र १६ गते धनगढीको सौराई पार्टी प्यालेसमा आयोजना हुँदैछ । उक्त समारोहलाई पूर्व प्रधानमन्त्री तथा कांग्रेसका निवर्तमान सभापति शेर बहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।