अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले नेपाली फुटबलको विकास र निकासका लागि अत्यन्तै सकारात्मक पहल भएको बताएका छन । वर्तमान नेपाल सरकार, फुटबलका अन्तर्राष्ट्रिय संस्था फिफा र एएफसी तथा अखिल नेपाल फुटबल संघ (एन्फा) बीच नेपाली फुटबलको विकास र निकासका लागि अत्यन्तै सकारात्मक पहल भएको छ,नेपाली फुटबलमा अब उप्रान्त हुने सबै खाले षड्यन्त्रहरुका बिसयमा हामी सबै फूटबलकर्मीहरु सजक हुनैपर्छ मल्ल बताउँछन ।

मल्लले एन्फामा निर्वाचनको विषयलाई लिएर देखिएको वैधानिक र नीतिगत समस्याका बारेमा प्रारम्भिक समयदेखि नै हुनुपर्ने र गरिनुपर्ने पहल यही नै थियो। अब छिट्टै यस विषयले पूर्ण रूपमा निकास पाउनेमा हामी विश्वस्त छौँ। अब फेरि कसैले पनि यस विषयलाई धमिलो बनाउने खेल खेलिनु हुँदैन भन्ने हामी सबै फुटबलकर्मीहरूको चाहना हुनुपर्छ।