८श्रावण २०८२ः बाजुराको हिमाली गाउँपालिका– ५ क्युडीको कुवाडी–क्युडी कच्ची सडक खण्डमा जिप दुर्घटनामा परी घाइते भएका १३ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सोही गाउँपालिका–५ क्युडीबाट वडा कार्यालय कवाडीतर्फ आउने क्रममा कच्ची सडक र क्षमताभन्दा बढी यात्रु बोकेर आएको बा प ०३–००१ ज ०३३८ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी दुई जनाको घटनास्थलमा र एक जनाको उद्धारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए ।

जिप दुर्घटनामा परी घाइते भएका जिप चालक २३ वर्षीय गौरी बुढा, सोही गाउँपालिका–५ बस्ने ३५ वर्षीय बाँचलाल रोकाया, ७० वर्षीया भदौरी रोकाया, २२ वर्षीय बाँचधन रोकाया, ४५ वर्षीय वीरबहादुर रोकायालाई नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शितलबहादुर रावलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?