You are currently viewing २० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र भूटानबीचको खेल बराबरीमा रोकियो

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र भूटानबीचको खेल बराबरीमा रोकियो

२२श्रावण,२०८२ः एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र भूटानबीचको खेल बराबरीमा रोकिएको छ ।

आयोजक भुटानविरुद्धसँग हिजो भएको खेलमा नेपाल १–१ गोलको बराबरीमा रोकिएको हो । भूटानविरुद्ध नेपालकी सेनु परियारले खेलको ४० औं सेकेण्डमा गोल गरे पनि नेपालले लामो समय अग्रता जोगाउन सकेन । खेलको १८ औं मिनेटमा भूटानले गोल फर्कायो । भूटानको लागि केल्देन वाङमोले बराबरी गोल गरिन् । त्यसपछि खेलको ७० औं मिनेटमा नेपालले गोल ग¥यो । तर असिस्टेन्ट रेफ्रीले अफ साइडको झण्डा उठाएपछि दुवै टोलीबाट दोस्रो हाफमा गोल हुन सकेन । प्रतियोगीतामा नेपालले महत्त्वपूर्ण ३ अङ्क जोड्ने मौका गुमाएको छ । नेपाल र भूटानले समान १–१ अङ्क जोडे ।


यसअघि बङ्गलादेशमा भएको साफ २० वर्षमुनिको च्याम्पियनशिपमा भने नेपालले भूटानलाई ६–१ र ८–० ले हराएको थियो । छनोट समूह ‘ए’ मा नेपालसँगै आयोजक भूटान, साउदी अरेबिया र उत्तर कोरिया छन । समूह विजेताले सन् २०२५ मा थाइल्यान्डमा हुने एएफसी–२० वर्षमुनिको महिला एशियन कप खेल्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply