You are currently viewing नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

२५ श्रावण,२०८२ः एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपालले उत्तर कोरियासँग फराकिलो अन्तरको हार बेहोरेको छ ।

भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आज भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० गोलले पराजित भयो । पहिलो हाफमा ५ गोल गरेको उत्तर कोरियाले दोस्रो हाफमा ६ गोल थपेको हो । यो जीतसँगै उत्तर कोरिया समूह विजेता बन्दै आउँदो वर्ष थाइल्यान्डमा हुने एएफसी २० वर्षमुनिको एशियन कपमा छनोट भएको छ । उत्तर कोरियाले ३ वटै खेल जितेर ९ अङ्क जोड्यो । उत्तर कोरियाले पहिलो खेलमा साउदी अरबलाई १५–० र दोस्रो खेलमा भूटानलाई १०–० गोलले हराएको थियो ।


यो हारसँगै नेपाल एशियन कपमा छनोट हुन असफल भएको छ । नेपालले ३ खेलबाट ४ अङ्क जोड्यो । प्रतियोगितामा नेपालले पहिलो खेलमा भूटानसँग १–१ गोलको बराबरी खेल्दा साउदी अरबलाई १–० गोलले हराएको थियो ।


स्थानीय प्रहरी र कारागार सुरक्षाकर्मीहरू भीड नियन्त्रण र सुरक्षामा खटिएका छन्। भेटघाटका क्रममा आवश्यक कागजात र पहिचानपत्र अनिवार्य गरिएको कारागार प्रमुखले बताएका छन्। यसअघि, कारागारभित्र भएको विवाद र कैदीबन्दीबीचको झडपका कारण केही घाइते भएपछि आफन्तजनको चासो बढेको र जानकारी लिनको लागि ठूलो संख्यामा आउने क्रम सुरु भएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply