You are currently viewing एक्सिस विद्याश्रममा कार्यरत १० शिक्षकको श्रेणी वृद्धि /@AxisVidyashram

एक्सिस विद्याश्रममा कार्यरत १० शिक्षकको श्रेणी वृद्धि /@AxisVidyashram

८ भाद्र,२०८२ : धनगढी उपमहानगरपालिका वडा न.५ मा रहेको एक्सिस विद्याश्रमले १० जना शिक्षकहरुको श्रेणी वृद्धि गरेको छ । शुक्रबार विद्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै विद्यालयमा नियमित दश वर्षदेखि कार्यरत शिक्षक शिक्षिकाहरुलाई यसै आर्थिक वर्षदेखि लागुहुने गरी तहगत रुपमा द्वितीय श्रेणीमा बढुवा गरिएको विद्यालयकी प्रिन्सिपल अनिता पन्तले बताउनुभयो ।

प्रिन्सिपल पन्तका अनुसार द्वितीय श्रेणीमा बढुवाहुनेमा टिना रावल, मांया बिस्ट, नितु चौधरी, सुमन पन्त, मिनु ओझा ,पारस खत्री, केशबराज भट्ट, पुस्पराज ओझा,घनश्याम मलासी, र तारा भट्ट रहेका छन । उक्त तह बढुवा कार्यक्रममा बोल्दै प्रिन्सिपल पन्तले शिक्षकहरुले आफ्नो जिवनको उर्जावान समय ( १० वर्ष ) एक्सिस विद्याश्रममा दिदै विद्यार्थीहरुको उज्ज्वल भविष्य निर्माणमा शिक्षकहरुको अथक परिश्रम, अनुशासन र प्रतिबद्धताले नै विद्यालयको सफलता र प्रतिष्ठाको आधार बनेको र विद्यालयले आजसम्मको यात्रा तय गरेको भन्दै उक्त कार्यको उच्च मुल्याङ्न गर्दै तहगत रुपमा द्वितीय श्रेणीमा बढुवा गरिएको बताउनुभएको छ ।

श्रेणी वृद्धि भएका शिक्षकहरुलाई विद्यालयकी प्रिन्सिपल अनिता पन्तले खादा लगाएर बधाई दिनुभयो । उक्त कार्यक्रममा विद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उपस्थित रहेको थियो ।

करिबन २ दशकभन्दा बढी समयदेखि उत्कृष्ट व्यवस्थापनका साथ धनगढीमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको एक्सिस विद्याश्रममा हाल कक्षा प्ले ग्रुपदेखि कक्षा १२ सम्म २७०० सय विद्यार्थी र ९० जना कर्मचारी कार्यरत रहेको विद्यालय प्रशासनले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply