कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् ।बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि बलात्कार आरोप थियो ।

अमेरिकामा बस्ने एक युवतीले शुक्रबार मात्रै बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ ।
लम्सालले भद्रगोल,सक्किगोनी लगायतका चर्चित टेली श्रृंखलामा काम गरिसकेका छन भने केहि चलचित्रमा पनि अभिनय गरेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?