#BreakingNews विश्वविजेता टोली वेस्ट इण्डिजसँग ३ खेलको टी–२० सिरिज खेल्दै नेपाल /@Nepal vs West Indies

जेठ २९,धनगढी : नेपालले विश्वकप विजेता वेस्ट इण्डिजविरुद्ध टी–२० सिरिज खेल्ने भएको छ । क्यानका अनुसार नेपालले आउँदो सेप्टेम्बरमा यूएईमा वेस्ट इण्डिजविरुद्ध तीन खेलको टी–२० सिरिज खेल्ने भएको हो । विश्वकप विजेता वेस्ट इडिजले आफ्नो वेवसाइटमा सिरिज बारे जानकारी गराउँदै इमर्जीङ देश नेपालसँग टी–२० सिरिज खेल्न आफ्नो टोली आँतुर रहेको बताएको छ ।

नेपाल पहिलोपटक टेस्ट टिमसँग तीन खेलको टी–२० श्रृंखला खेल्न लागेको हो । सिरिज २७ सेप्टेम्बरदेखि ३० सेप्टेम्बरसम्म युएईको शाहजाहा स्टेडियममा चल्नेछ ।

 

अक्टोबरको पहिलो साता ओमानमा हुने टी–२० विश्वकप ग्लोबल छनोटको तयारीस्वरूप नेपालले आफूभन्दा बलियो टोली वेस्ट इण्डिजविरुद्ध सिरिज खेल्ने भएको हो । २०१४ र २०२४ को टी–२० विश्वकपमा सहभागी भएको नेपाल आगामी टी–२० विश्वकपमा पनि सहभागी हुनका लागि क्यानका तर्फबाट तयारी स्वरुप कुनै कसर बाँकी नराख्ने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिए । उनले आगामी दिनमा राष्ट्रिय टोलीले अझ ठूल्ठूला टोलीसँग टी–२० सिरिजहरु खेल्ने गरी तयारी भैरहेको पनि बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top