You are currently viewing ICC WCL-2 : नेपालले चौथो विकेट गुमायो,कप्तान पौडेल रनआउट @RohitKumarPoudel

ICC WCL-2 : नेपालले चौथो विकेट गुमायो,कप्तान पौडेल रनआउट @RohitKumarPoudel

जेठ २१,धनगढी: आइसिसी विश्वकप लिग–२ को एकदिवसीय सिरिजमा नेदरल्याण्ड्सले दिएको २ सय २६ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले चोथो विकेट गुमाएको छ । नेपालले चौथो विकेटको रुपमा कप्तान रोहित कुमार पौडेललाई रन आउटको रुपमा गुमाएको छ । ३०.१ र ३०.२ मा लगातार दुई चौका हिर्काएका पौडेल ३०.३ ओभरमा डाइरेक्ट हिट हुँदा पवेलियन फर्किनुपर्यो । कप्तान पौडेलले २३ रन बनाए । नेपालले तेश्रो विकेटको रूपमा भिम सार्कीलाई गुमाएको हो । सार्कीले ११ रन बनाए । पहिलो विकेटको रुपमा नेपालले आशिफ शेफलाई गुमायो । शेखले १९ रन बनाए भने २५ रन बनाएर कुशल भुर्तेल आउट भए । उनलाई १३.४ ओभरमा पार्टटाइम बलर माइकल लेभिटले बोल्ड गरे । कुशलले आजको खेलमा ४२ बलमा तीन चौकाको सहयोगमा २५ रन जोडे ।

उनले स्कटल्याण्डविरुद्ध अर्धशतकीय पारी खेलेका थिए । यस्तै, नेदरल्याण्ड्सविरुद्ध आसिफ शेखले २२ बलमा तीन चौकासहित १९ रन जोडे । आज उनी र कुशलबीच पहिलो विकेटका लागि ३२ रनको साझेदारी बन्यो ।पहिलो खेलमा उनीहरूबीच ७२ रनको साझेदारी गरेका थिए । यो समाचार तयार पार्दासम्म नेपालले ३२ ओभरमा ४ विकेट गुमाएर १२७ रन बनाएको छ । अब नेपाललाई जितका लागि १८ ओभरमा ९९ रन आवश्यक छ । क्रिजमा आरिफ शेख र दिपेन्द्र सिंह ऐरी छन ।

त्यसअघि स्कटल्याण्डको फोर्थहिल मैदानमा टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्स ४९।१ ओभरमा २२५ रनमा अलआउट भयो ।उसका लागि नोहा क्रसले ४८, कप्तान स्कट एडवाड्सले ४६, विक्रमजित सिंहले ३८, ज्याक लायन–क्याचेटले २७, रोएलफ भ्यान डेर मेर्वेले २१ र तेजा निदामानरुले १३ रन जोडे ।नेपालका लागि बलिङमा सोमपाल कामीले तीन तथा सन्दीप लामिछाने, ललितनारायण राजवंशी र करण केसीले दुईरदुई विकेट लिए । नेपालले एक विकेट रन आउटको रूपमा प्राप्त गर्‍यो ।

जारी सिरिजमा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा नेपालले घरेलु टिम स्कटल्याण्डविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको थियो ।

Leave a Reply