You are currently viewing IPL फाइनलमा आरसिबीलाई १९० रनमा रोक्यो पञ्जाबले,कस्ले  जित्ला उपाधि ? /@RCBvsPBKS

IPL फाइनलमा आरसिबीलाई १९० रनमा रोक्यो पञ्जाबले,कस्ले जित्ला उपाधि ? /@RCBvsPBKS

जेठ २०,धनगढी इण्डियन प्रिमियर लिग (आइपिएल०) २०२५ को फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले पञ्जाब किंग्सलाई १ सय ९१ रनको लक्ष्य दिएको छ ।गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको आरसिबीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रन बनायो । उसका लागि पूर्वकप्तान विराट कोहलीले ३५ बलमा तीन चौकासहित सर्वाधिक ४३ रन बनाए ।

यस्तै, कप्तान रजत पाटिदारले २६, लियाम लिभिङस्टोनले २५, मयंक अग्रवाल र जितेश शर्माले २४/२४, रोमारियो सेफर्डले १७ र फिल साल्टले १६ रन जोडे ।पञ्जाबका लागि कायल जेमिसन र अर्शदीप सिंहले तीन–तीन तथा अज्मतुल्लाह ओमारजाई, विजयकुमार वैशाख र युजवेन्द्र चहलले एकरएक विकेट लिए ।

आरसिबी र पञ्जाब पहिलो उपाधिको खोजीमा छन् । जारी सिजनमा आरसिबी पञ्जाबलाई हराउँदै फाइनल पुगेको थियो । यस्तै, पञ्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इण्डियन्सलाई हराउँदै फाइनलमा आरसिबीसँगको भेट पक्का गरेको थियो ।

Leave a Reply