असार ७,धनगढी : नेपाल प्रिमिय लिग ( एनपिएल ) मा पहिलो संस्करणको उपविजेता टोली सुदूरपश्चिम रोयल्सले ६ खेलाडीलाई रिटेन गरेको छ भने ६ खेलाडीलाई टिमबाट रिलिज गरेको छ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०का लागि रोयल्सले दीपेन्द्रसिंह ऐरीसहित ६ खेलाडीलाई रिटेन गरेको छ। शनिबार रोयल्सले रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ।
टोलीले राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान सिंह ऐरीलाई पुनः मार्की खेलाडीको रूपमा रिटेन गरेको छ। यस्तै विनोद भण्डारी, आरिफ शेख,अविनाश बोहरा, इशान पाण्डे र नरेन साउँदलाई पनि टिममा कायम राखेको छ अन्य खेलाडीहरू अर्जुन कुमाल, नरेश बुढाएर, खडक बहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र बसन्त खत्रीलाई भने रिलिज गरेको छ।
पहिलो संस्करण मै अत्यन्तै समर्थक कमाइसकेको सुदूरपश्चिम फाइनलमा जनकपुर बोल्टससँग पराजित भएको थियो। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा गतवर्षदेखि सुरु भएको नेपाल प्रिमिय लिग ( एनपिएल )ले पहिलो संस्करणमै वाहिवाही कमाएको थियो ।
ठूला नाम भएका विदेशी खेलाडी,विश्वप्रसिद्ध स्पोर्टस च्यानल स्टार स्पोर्टसबाट प्रत्यक्ष प्रसारण,लोकप्रिय कमेण्टेटर,झकिझकाउ टियु मैदान लगायतका आकर्षणले एनपिएलको पहिलो संकरण नै शानदार भएको थियो । क्यानले दोश्रो संकरणको एनपिएलको छिट्टै घोषणाको तयारी पनि थालेको छ ।