You are currently viewing PM CUP 2026 : सुदूरपश्चिम दोश्रो खेलमा मधेश प्रदेशसँग पराजित

PM CUP 2026 : सुदूरपश्चिम दोश्रो खेलमा मधेश प्रदेशसँग पराजित

मधेश प्रदेशका अरनिको यादवको अलराउन्ड प्रदर्शन गरेपछि एकदिवसिय पीएम कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ ।

बुधबार वीरगन्जमा भएको खेलमा मधेशले सुदूरलाई ५ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १६१ रनको लक्ष्य मधेशले ३३।४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।अरनिकोले संयमित ब्याटिङ गर्दै ७८ बलमा ९ चौकासहित अविजित ४६ रनको महत्त्वपूर्ण इनिङ खेले । मोहम्मद आदिल आलमले ३४ रन बनए । पवन सर्राफले २१ रन बनाए भने रुपेश सिंह १६ रनमा अविजित रहे ।

सुदूरपश्चिमका अशोक धामीले ३ विकेट लिँदा कप्तान शेर मल्लले २ विकेट लिए । पहिलो खेलमा ६ विकेट लिदै चम्किएका हेमन्त धामीले यो खेलमा भने विकेट निकाल्न सकेनन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ४३.२ ओभरमा अलआउट हुँदै १६० रन बनाएको थियो ।सुदूरपश्चिमका लागि अभिषेक पालले सर्वाधिक ३३ रन बनाए भने किरण ठगुन्ना र नारायण जोशीले समान २३ रन बनाए ।

मधेशका अरनिकोले ७।२ ओभरमा २५ रन दिएर ३ विकेट लिए । प्रदिप पासवानले २ विकेट लिए भने रुपेश सिंह, आदिल आलम, आशिक बैठा र पवन सर्राफले १/१ विकेट लिए ।

प्रतियोगितामा मधेशले २ खेल खेल्दा पहिलो जित निकालेको हो । यसअघि कोशी प्रदेशसँगको खेल वर्षाले रद्द भएको थियो । सुदूरपश्चिमले भने आफ्नो पहिलो खेलमा कर्णालीलाई ४ विकेटले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply