PM CUP 2026 : गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश अंकतालिकाको दोश्रो स्थानमा उक्लियो

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेटमा गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश अंकतालिकाको दोश्रो स्थानमा उक्लिएको छ । बिहीबार वीरगन्जमा भएको खेलमा सुदूरपश्चिमले गण्डकीलाई २ विकेटको रोमाञ्चक जित हासिल गरेको हो । गण्डकीले दिएको १९१ रनको लक्ष्य सुदूरपश्चिले ३९ ओभर २ बलमा ८ विकेटको क्षतिमा पूरा गरेको हो ।

सुदूरपश्चिमका लागि अभिषेक पालले सर्वाधिक ६६ रन बनाए । ९३ बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे । नारायण जोशीले अविजित ४५ रन बनाए ।

गण्डकीका लागि बिपिन खत्रीले ५ विकेट लिए भने कृष्ण पौडेल, सुवास भण्डारी र विश्‍व कार्कीले १/ १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ४९ ओभरमा अलआउट हुँदै १९० रन बनाएको थियो । अर्जुन कुमालले सर्वाधिक ४४ रन बनाए भने कप्तान बिपिन खत्रीले ३० रन बनाए ।सुवास भण्डारीले २४, दीपक डुम्रेले २२ कृष्ण पौडेलले १५ गौरव बिकले १४ तथा सिब्रिन श्रेष्ठले १३ रन बनाए ।

सुदूरपश्चिमका कप्तान शेर मल्लले १० ओभरमा ४२ रन दिए ५ विकेट लिए । हेमन्त धामी र अशोक धामीले २/ २ विकेट लिँदा मिलन बोहोराले १ विकेट लिए ।

प्रतियोगितामा चौथो जित निकालेको सुदूरपश्चिम ५ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । गण्डकीको भने ५ खेलमा ३ अंक छ । ५ खेलमा ९ अंक जोडेको त्रिभुवन आर्मी क्लब अंकतालिकाको शिर्ष स्थानमा कायमै रहेको छ । सुदूरपश्चिमले आफ्नो छैटौं खेल आगामी आइतबार बाग्मती प्रदेशसाग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top