You are currently viewing SEE परीक्षामा एरिष्टो मावि धनगढीका दुई विद्यार्थीले ल्याए ४ जिपिए /@ARISTOSCHOOLDHANGADHI

SEE परीक्षामा एरिष्टो मावि धनगढीका दुई विद्यार्थीले ल्याए ४ जिपिए /@ARISTOSCHOOLDHANGADHI

असार १३,धनगढी  : २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा धनगढी उपमहागगरपािलका वडा न.८ क्याम्पस रोडमा रहेको एरिष्टो माविका दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा अर्थात ४ जिपिए प्राप्त गरेका छन । परीक्षा नियन्त्रण कार्यालय–कक्षा १०, राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बेलुका सार्वजनिक गरेको नतिजा अनुसार एरिष्टोका दुइ छात्र गौरव उपाध्याय र प्रदिप गिरीले ४ जिपिए प्राप्त गरेको विद्यालयले सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ ।

यसपटकको एसइई परिक्षामा १२७ जना विद्यार्थी सहभागी भएकोमा अरुको नतिजा हेर्ने काम भैरहेको र समग्रमा विद्यालयले उत्कृष्ट नतिजाको अपेक्षा गरेको विद्यालयका शिक्षक तेजराज कापडी ( रियल एनलाइसिस ) ले बताए । अनुशासित विद्यार्थी र मिहनेती शिक्षकहरुको टिमले गर्दा यसपटक पनि राम्रो नतिजाको संकेत देखाएको विद्यालयकी प्रबन्ध निर्देशक शान्ती अधिकारी क्षेत्रीले बताइन । उनले आफूहरु गुणस्तरमा सम्झौता नगर्ने भएकै कारण हरेक वर्ष एरिष्टोले उत्कृष्ट नतिजा दिइरहेको पनि बताएकी छन । ३ दशकदेखि सुदूरपश्चिममा उत्कृष्ट नतिजा दिदै आएको एरिष्टो माविले यसपटकबाट आफ्नै सुविधा सम्पन्न भवनबाट कक्षा ११ को पढाइ पनि सञ्चालन गर्ने जानकारी गराइसकेको छ ।

Leave a Reply