You are currently viewing SEE IDOL-4 : सुप प्रदेश स्तरीय गायन विधामा दीक्षा बोहरा,नृत्यमा सविता लामा विजयी \ @SEE IDOL-4

SEE IDOL-4 : सुप प्रदेश स्तरीय गायन विधामा दीक्षा बोहरा,नृत्यमा सविता लामा विजयी \ @SEE IDOL-4

असार २,धनगढी : SEE IDOL-4 सुप प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता भव्यता साथ सम्पन्न भएको छ । आइतबार धनगढ्रीको ओम प्यालेसमा सम्पन्न फाइनलमा गायन विधामा भानु मा.वि.चित्रपुरकी छात्रा दिक्षा बोहराले उपाधि जितिन भने नृत्य तर्फ शुक्र मावि खानीडाँडाकी छात्रा सविता लामा विजयी भइन । दुवै विधाका विजेताले जनही नगद ७५,००० \ ७५,००० हजार का साथै आकर्षक टफ्री हात पारे ।

त्यस्तै गायन तर्फ उपविजेता सरस्वती मावि पुर्नवासका छात्र समिप तामाङ र नृत्यतर्फ मिलन ई.बो.स्कुल,जुगेडाकी छात्रा सुप्रिया राजवंशी बनिन । उनीहरु दुवैले जनही नगद ३०,००० \ ३०,००० हजारका साथै आकर्षक टफ्री हात पारे ।

साथै दुवै विधाका विभिन्न क्षेत्रका उत्कृष्ट प्रतिस्पर्धी पनि छनोट गरिएको प्रभात मिडियाका अध्यक्ष प्रकाश छेडालले जानकारी दिए ।

२०८१ साउन ३१ गते सुरु भएको चौथो संस्करण २०८२ असार १ गते सम्पन्न भएको हो । प्रभात मिडियाद्वारा आयोजित आइडलको फाइनल कार्यक्रममा अध्यक्षता प्रकाश छेडालले गरेका थिए भने प्रमुख अतिथि सुप प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रि हिरा सार्की रहेका थिए । सार्कीले विद्यालय स्तरमा विद्यार्थीहरुको प्रतिभा बाहिर ल्याउन यो प्रतियोगीताले महत्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यक्रममा सुप प्रदेश सभा सदस्य तथा सामाजिक समितिका सभापति धर्मराज पाठक, जोरायल गा.पा.का अध्यक्ष दुर्गा ओझा,एसपिए कलेजका प्रमुख योगराज गौतमविशिष्ट अतिथि रहेका थिए । कार्यक्रमको संचालन गुणाकर पनेरुले गरेका थिए भने विभिन्न अतिथि कलाकारहरुले पनि प्रस्तुती पस्केका थिए ।

 

Leave a Reply