You are currently viewing SPA LPL9 : अनुभवी खेलाडी विपिन रावलको कप्तानीमा SPA द्वारा १५ सदस्यीय टोली घोषणा

SPA LPL9 : अनुभवी खेलाडी विपिन रावलको कप्तानीमा SPA द्वारा १५ सदस्यीय टोली घोषणा

लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेण्ट्सको आयोजनामा यहि पौष २८ देखि माघ ०५ गतेसम्म धनगढीको फाप्ला मैदानमा आयोजना हुन लागेको नवौं संस्करणको SPA लिटल फ्लावर प्राइड लिगमा सहभागी हुने टिम सुदूरपश्चिमाञ्चचल क्याम्पस एसपिएले नेपाल प्रिमियर लिगमा सहभागी भएका अनुभवी खेलाडी विपिन रावलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ ।
लिटल फ्लावर स्पोटर्स एण्ड इभेण्ट प्रालि धनगढीको आयोजनामा यहि पौष २७ गतेदेखि माघ ५ गतेसम्म धनगढीको फाप्ला खेल मैदानमा आयोजना हुने प्रतियोगीताको विजेता टोलीले नगद ६०,०००,आकर्षक ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३०,००० प्राप्त गर्नेछ । प्रतियोगीताको सर्वोत्कृष्ट खेलाडीले नगद ४,०००,उदयमान खेलाडी,उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरले समान दुई / दुई हजार प्राप्त गर्नेछन भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद १००० प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply