You are currently viewing Tiny Tots Kindergarden स्कुलको दोसो दिक्षान्त समारोह सम्पन्न

Tiny Tots Kindergarden स्कुलको दोसो दिक्षान्त समारोह सम्पन्न

धनगढी उपमहानगरपालिका वडा न. २ मा रहेको Tiny Tots Kindergarden स्कुलको दोसो दिक्षान्त समारोह सम्पन्न भएको छ । धनगढीको ओम पार्टी प्यालेसमा स्कुलका अध्यक्ष आशिष चन्दको अध्यक्षतामा सम्पन्न उक्त दिक्षान्त समारोहको प्रमुख अतिथि गुरुकुल एकेडेमी प्रधानाध्यापक सुनिता सुरी रहेकी थिइन ।

त्यस्तै विशिष्ट अतिथिमा ग्ली एकेडेमी प्रधानाध्यापक शान्ति भट्ट,सिसिएस स्कुलकी संस्थापक शारदा रेग्मी लगागत दर्जर्नौ अभिभावकहरुको उपस्थिति रहेको थियो ।

दिक्षान्त समारोहमा स सना नानीबाबुहरुले आ आफ्नो आकर्षक प्रस्तुती पनि राखेका थिए । हाल विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सरिता शाहले सम्हालिरहेकी छन । संस्थापक प्रधानाध्यापक सरिता शाहले आगामी दिनहरुमा गुणस्तरीय शिक्षाका लागि अझै सुधार गरेर अगाडी बढ्ने बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply