अस्ट्रेलियन चर्चित बिग ब्यास लिगको उद्घाटन खेल भारतमा आयोजना हुने लगभग निश्चित

अस्ट्रेलियन बिग ब्यास लिग (बीबीएल) क्रिकेट २०२६–२७ सिजनको उद्घाटन खेल चेन्नईस्थित एमए चिदाम्बरम स्टेडियममा हुने लगभग निश्चित भएको छ ।

क्रिकेट अस्ट्रेलियाले गत फेब्रुअरीमै चेन्नईको मैदानलाई सम्भावित स्थलका रूपमा पहिचान गरेको थियो । त्यसपछि भएको छलफलमा तमिलनाडू क्रिकेट एसोसिएसन र बीसीसीआईबाट सकारात्मक प्रतिक्रिया मिलेपछि योजना अघि बढेको हो।
सोमबार क्रिकेट अस्ट्रेलियाको पाँच सदस्यीय टोली चेन्नई सुपर किङ्सको घरेलु खेलका क्रममा मैदान निरीक्षणका लागि चेन्नई पुगेको थियो ।

बीबीएलको कुनै खेल भारतमा आयोजना गर्ने योजना सफल भए यो पहिलो पटक हुनेछ । कुन दुई टोलीबीच खेल हुने भन्ने टुंगो लागिसकेको छैन, तर सिड्नी थन्डर, मेलबर्न स्टार्स र मेलबर्न रेनेगेड्स लगायतका टोलीहरू इच्छुक रहेको बताइएको छ ।
यद्यपी सरकारी तहमा केही अन्तिम छलफल बाँकी रहेकाले औपचारिक घोषणा हुन भने अझै समय लाग्नेछ ।

-क्रिकइन्फोबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top