You are currently viewing आज मन्त्रिपरिषद विस्तारको तयारी
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार आयोजित विशेष समारोहमा अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएपछि नवनियुक्त प्रधानमन्त्रीसँग जेनजीका प्रतिनिधिहरु । तस्बिरः रत्न श्रेष्ठ/रासस

आज मन्त्रिपरिषद विस्तारको तयारी

२८भाद्र,धनगढीः अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद विस्तारको तयारी गरेकी छन् । मन्त्री बन्ने सम्भावित नामहरुको चर्चा धेरै भए पनि को–को मन्त्री हुँदैछन् भन्ने टुङ्गो लागेको छैन । अहिलेलाई सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले नै लिएकीे छन् ।
गएराति राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शीतल निवासमा शपथ ग्रहण गराउँदै सफल कार्यकालको शुभकामना दिएका थिए । शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश, नेपाल सरकारका उच्च पदस्थ र कूटनीतिज्ञहरू सहभागी थिए ।

पहिले शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू र मन्त्रीहरु पनि उपस्थित हुने गर्थे । निवर्तमान प्रधानमन्त्रीले शपथ समारोहमा कुर्सी हस्तान्तरण गर्ने चलन थियो । तर यसपटक त्यस्तो भएन । प्रधानमन्त्री कार्कीको सपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्रीहरूमा डा. बाबुराम भट्टराई मात्र उपस्थित थिए । राजनीतिक दलका नेताहरू पनि उपस्थित भएनन् । रास्वपा नेता सुमना श्रेष्ठ भने शपथमा उपस्थित थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply