चैतन्य पाठशालाको आयोजनामा धनगढीमा ‘विश्व शान्तिका लागि चैतन्य साइकल यात्रा’ सम्पन्न

धनगढी– बुद्ध जयन्तीको पावन अवसरमा चैतन्य पाठशालाद्वारा आयोजना गरिएको “विश्व शान्तिका लागि चैतन्य साइकल यात्रा २०८३” उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । शान्ति, सद्भाव र सहिष्णुताको सन्देश समाजमा फैलाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने आयोजकको विश्वास रहेको छ ।

बैशाख १८ गते ६ः०० बजे धनगढीको चौराहाबाट सुरु भएको यात्रामा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।यात्रा धनगढी चौराहाबाट दिप प्रज्वलन गर्दै सुरु भई बुद्ध चौकमा भगवान बुद्धका उपदेश र भगवान बुद्धको शालिकमा फुलमाला अर्पर्ण गर्दै फुलवारीमा स्थानिय तथा समाजसेवीको अग्रतामा दिप प्रज्वलन गर्दै पाठशालाका लागि यात्रा मोढिएको थिया ।

कार्यक्रमको मूल उद्देश्य विश्वमा शान्ति स्थापना, मानवबीचको आपसी सद्भाव अभिवृद्धि र अहिंसाको सन्देश प्रवाह गर्नु रहेको चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए । उनले युवाहरूलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने, वातावरण संरक्षणप्रति सचेत बनाउने तथा सामाजिक उत्तरदायित्वबारे जागरूक गराउने लक्ष्य समेत राखिएको बताए ।

कार्यक्रममा धनगढी तथा अत्तरियाबाट समेत साईकल यात्री सहभागिता रहेको थियो ।कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै यस्ता रचनात्मक र सन्देशमूलक कार्यक्रम आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गर्ने चैतन्यको लक्ष्य रहेको पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top