You are currently viewing आन्दोलनका क्रमम लुटिएका हातहतियार बुझाउन नेपाली सेनाको निर्देशन

आन्दोलनका क्रमम लुटिएका हातहतियार बुझाउन नेपाली सेनाको निर्देशन

२५ भाद्र,२०८२ः नेपाली सेनाले आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका तथा फेला पारेका हातहतियार, गोलीगठ्ठा एवम् सुरक्षा सामग्री यथाशीघ्र बुझाउन निर्देशन दिएको छ ।
सेनाले आज विज्ञप्ति निकालेर त्यस्ता हातहतियार एवम् सुरक्षा सामग्री नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउन अनुरोध गरेको हो । हातहतियार र गोलीगठ्ठा नबुझाई कसैसँग फेला परेमा प्रचलित कानून बमोजिम कारबाही हुने सेनाले स्पष्ट पारेको छ ।


हातहतियारको दुरुपयोग भई जनधनको क्षति हुनसक्ने भएकाले त्यससम्बन्धी सूचना प्राप्त गर्नेे व्यक्तिले सुरक्षा निकायलाई जानकारी गराउन पनि सेनाले आग्रह गरेको छ । सेनाले यस संवेदनशील परिस्थितिमा सुरक्षा निकायका पोशाकको अनधिकृत प्रयोग नगर्न पनि सूचित गरेको छ । सेनासहितको सुरक्षा निकायले गएरातिदेखि बिहानसम्म काठमाण्डौका विभिन्न ठाउँबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार ३१ थान तथा म्यागजिन एवम् गोलीगठ्ठा बरामद गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply