You are currently viewing इमरल्ड एकेडेमी धनगढीमा ९ दिने हस्तलेखन कार्यक्रम सम्पन्न /@Emerald_Academy_DHN

इमरल्ड एकेडेमी धनगढीमा ९ दिने हस्तलेखन कार्यक्रम सम्पन्न /@Emerald_Academy_DHN

असार १३,धनगढी  : धनगढी उपमहानगरपालिका वडा न.३ विशालनगरमा रहेको ईमरल्ड एकेडेमीले हस्तलेखन कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको कक्षाकोठा तथा सभाहल मै सम्पन्न भएको हस्तलेखन सुधार तालिममा कक्षा १ देखि १० सम्मका सम्पूर्ण विद्यार्थीको उत्साहजनक सहभागिता रहेकोले उल्लेखनीय सुधार देखिएको छ । विद्यालयकी संयोजक सिता रावतले बताइन । सुरुमा सबै विद्यार्थीहरुलाई सँगसँगै हस्तलेखनमा सहभागी गराइएपनि पछि अति कमजोर विद्यार्थीहरुलाई अलग्गै राखेर थप दुईदिन प्रशिक्षण दिइएको संयोजक रावतले बताइन ।

विद्यार्थीहरुको हस्तलेखन क्षमता बढाउन र उनीहरुलाई सुन्दर अक्षर कसरी लेख्न सकिन्छ भनेर प्रशिक्षण दिइएको विद्यालयका प्रिन्सिपल शशीभुषण पाठकले जानकारी दिए । विद्यार्थीहरुको अक्षर सुधारका लागि बेलाबेलामा प्रशिक्षण आवश्यक भएकोले भन्दै ९ दिनसम्मै हस्तलेखन कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल पाठकले बताए ।

विद्यार्थीहरुलाई ग्लोबल स्किल डिप्लोमेण्ट नेपाल सुर्खेतका प्रतिनिधि प्रशिक्षक द्वय मान बहादुर थापा र विवस ओलि द्वारा कसरी सुन्दर अक्षर लेख्न सकिन्छ,लेखन कला,सुन्दर खेलाइका फाइदा बारे प्रशिक्षण दिएका हुन । ९ दिनको प्रशिक्षणपछि विद्यार्थीहरु माझ हस्तलेखन प्रतिस्पर्धा गराएर प्रथम,द्वितीय,तृतीयलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको विद्यालयकी संयोजक सिता रावतले बताइन ।

Leave a Reply