You are currently viewing एक्सिस साहित्य उत्सव : पुस्तक समिक्षामा मावितर्फ एक्सिस विद्याश्रम तथा आधारभुत तहतर्फ थ्रीस्टार बोर्डिङ स्कुल प्रथम

एक्सिस साहित्य उत्सव : पुस्तक समिक्षामा मावितर्फ एक्सिस विद्याश्रम तथा आधारभुत तहतर्फ थ्रीस्टार बोर्डिङ स्कुल प्रथम

धनगढी उपमहानगरपालिका वडा न।५ हसनपुरमा रहेको एक्सिस विद्याश्रम माध्यमिक विद्यालयले आयोजना गरेको  एक्सिस साहित्य उत्सवमा पुस्तक समिक्षा मावितर्फ एक्सिस विद्याश्रमकी अपेक्षा साउँदले प्रथम स्थान हाँसिल गरेकी छन ।

त्यस्तै ऐश्वर्य विद्या निकेतनकी गरिमा जोशी दोश्रो तथा एरिष्टो माविका हेरम्भ जोशीले तृतिय स्थान हाँसिल गरेका छन । पुस्तक समिक्षामै आधारभुत तहतर्फ थ्रीस्टार बोर्डिङ स्कुलका गोविन्द उपाध्यायले प्रथम स्थान हाँसिल गरेका छन ।

त्यस्तै ग्ली एकेडेमीकी इशानी जोशीले दृतिय स्थान हाँसिल गरिन भने नेपाल पुलिस स्कुलकी दिपिका भण्डारीले तेश्रो स्थान हाँसिल गरेकी हुन । प्रथम,दृतिय र तृतिय स्थान हाँसिल गर्नेहरुले प्रमाणपत्र,मेडल र नगद पुरस्कार प्राप्त गरे ।

सहिद दिवसको अवसर पारी विद्यालयको प्रांगणमा आयोजना गरिएको उक्त कार्यक्रममा कैलाली र कञ्चनपुरका गरी १५ विद्यालयका १०० भन्दा बढी विद्यार्थीहरु सहभागी थिए । पुस्तक समिक्षा,कविता वाचन,स्ल्याम कविता वाचन र लघुकथा वाचन गरी ४ विधामा प्रतियोगीता गराइएको उक्त एक्सिस साहित्य उत्सवमा विद्यार्थीहरुले उत्कृष्ट सिर्जना पस्केका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply