You are currently viewing एसईई आइडल अब “एरिस्टो एसईई आईडल”

एसईई आइडल अब “एरिस्टो एसईई आईडल”

सुप प्रदेश स्तरीय गायन विधाको प्रतियोगिता एसईई आइडलमा शीर्ष प्रायोजकका रुपमा धनगढी क्याम्पस रोड स्थीत एरिस्टो इ बो. स्कुल जोडिएको छ । एसईई आइडलको चालू पाँचौं संस्करणमा एरिष्टो जोडिए पछि एसईई आइडल अब एरिस्टो एसईई आइडल बनेको छ ।  शुक्रबार आयोजक संस्थाको तर्फबाट प्रभात मिडिया एण्ड इभेण्टस प्रालिका अध्यक्ष प्रकाश छेडाल र एरिष्टो माविका संयोजकले दिर्घ भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

एसईई आइडलमा यस वर्ष एसईई दिने विद्यार्थीहरुले सहभागी हुन पाउने छन् भने यस प्रतियोगिताको छनोट चरण यस वर्षको फाल्गुणसम्म आयोजना हुनेछ भने सेमिफाइल २०८३ बैशाख र २०८२ को असार फाइनल आयोजना हुनेछ । विजेता र उपविजेताले जनही क्रमश: ७५ हजार र ३० हजार हात पार्नेछन् भने विजेता र उपविजेता दुवैले कक्षा ११-१२ नि:शुल्क पढ्न पाउनेछन् भने म्युजिक भिडियोमा स्वर भर्ने अवसर पाउनेछन् ।धनगढी क्याम्पस रोडमा रहेको एरिस्टोमा प्ले ग्रुप देखि कक्षा ११/१२ सम्म पढाइ हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply