You are currently viewing एसपिए कैलाली प्राइड लिग :  बुढीगंगा र घोडाघोडी नगरपालिकाको लगातार दोश्रो जीत / SPA-kpl-4

एसपिए कैलाली प्राइड लिग : बुढीगंगा र घोडाघोडी नगरपालिकाको लगातार दोश्रो जीत / SPA-kpl-4

धनगढीको फाप्ला खेल मैदानमा जारी चौथो संस्करणको अन्तरपालिका स्तरीय एसपिए कैलाली प्राइड लिगमा बाजुराको बुढीगंगा नगरपालिका र कैलालीको घोडाघोडी नगरपालिकाले लगतार दोश्रो जीत निकालेका छन ।

शनिबार सम्पन्न पहिलो खेलमा पुनर्वास नगरपालिका ए लाई १०१ रनले पराजित गर्दै घोडाघोडी नगरपालिकाले लगातार दोश्रो जीत निकालेको हो । घोडाघोडी नगरपालिकाले दिएको २०७ रनको लक्ष्य पछ्याउने क्रममा पुनर्वास नगरपालिका ए १९.३ ओभरमा १०५ रनमै अलआउट भयो । पुनर्वास नगरपालिका ए का लागि संदिप भण्डारीले सर्वाधिक २५ रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेखनीय प्रर्दशन गर्न सकेनन ।
घोडाघोडी नगरपालिकाका लागि नवयुग बस्नेतले र निसान रेग्मीले समान तीन तीन विकेट लिए भने आयुष द्वारियाले २ तथा सुनिल दौल्याल र रुद्र राज आचार्यले समान एक एक विकेट लिए ।


यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घोडाघोडी नगरपालिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । घोडाघोडी नगरपालिकाका लागि कप्तान टेक रावतले आक्रामक अर्धशतकिय इनिङ खेले । मात्र ३५ बलको सामना गरेका रावतले १ चौका र ७ छक्काको मद्दतले ६९ रन बनाए । उनी खेलमा म्यान अफ दी म्याच चुनिए । त्यस्तै नवयुव बस्नेतले ३४,अनसभव ठकुल्लाले २३ तथा सुनिल दौल्यालले २० रनको पारी खेले ।पुनर्वास नगरपालिका ए का लागि भरत चन्द,निरज सार्की र कप्तान अविनास सिंहले समान दुई दुई तथा सन्तोष दियालले एक विकेट लिए ।

आजै सम्पन्न दोश्रो खेलमा बाजुराको बुढीगंगा नगरपालिकाले कैलालीको गोदावरी नगरपालिकालाई ६ विकेटले पराजित गर्दै लगातार दोश्रो जीत निकालेको हो । गोदावरी नगरपालिकाले दिएको १०४ रनको भिनो लक्ष्य बुढीगंगाले १३.३ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।

बुढीगंगा नगरपालिकाका लागि सुबोध ऐर र सुनिल चन्दले समान २९ रनको पारी खेले भने दिपक रोकायाले २० तथा संदिप बिस्टले १८ रनको योगदान दिए । गोदावरी नगरपालिकाका लागि कृष्ण भट्टले दुई तथा अभिषेक कोइराला र गणेश थापाले समान एक एक विकेट लिए ।


यसअघि टस जितेर पहिला ब्याटिङ गरेको गोदावरीले १९.३ ओभरमा अलआउट हुँदै मात्र १०३ रन जोड्न सक्यो । गोदावरीका लागि कप्तान खगेन्द्र जोशीले सर्वाधिक २० रनको पारी खेले भने किसन धामीले १८ रन बनाउँदा आयुष खड्काले १६ रनको योगदान दिए । बुढीगंगा नगरपालिकाका लागि दिपक रोकायाले उत्कृष्ट बलिङ गरे । ४ ओभर बलिङ गरेका रोकायाले १३ रन खर्चिदै ३ विकेट चट्काए । उनी खेलको म्यान अफ दी म्याच चुनिए । त्यस्तै सन्तोष जैसीले पनि ३ विकेट चट्काए भने सौर्य श्रेष्ठले २ विकेट लिए ।

जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा सुरु भएको प्रतियोगीता चैत्र ५ गतेसम्म सञ्चालन हुनेछ भने सुदूरपश्चिम प्रदेशका १२ स्थानीस्य तहका टोलीहरु सहभागी छन । प्रतियोगीताको विजेता टोलीले नगद ३ लाख र आकर्षक ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद १ लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगीताकौ सर्वोत्कृष्ट खेलाडीले नगद रु २० हजार ट्रफी,उत्कृष्ट बलर ,उत्कृष्ट ब्याटरलाई जनही १५÷ १५ हजार र ट्रफी, उदयमान खेलाडीलाई नगद रु १० हजार र ट्रफी प्रदान गरिनेछ भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद रु २ हजार प्राप्त गर्ने जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष बिक्रम बिष्टले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply