You are currently viewing एसिया कप ट्वान्टी २० प्रतियोगितामा बंगलादेश विजयी
Photo : Bangladesh Cricket Board

एसिया कप ट्वान्टी २० प्रतियोगितामा बंगलादेश विजयी

२७ भाद्र,२०८२ : बंगलादेशले संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी एसिया कप ट्वान्टी २० प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बंगलादेशले अबुधाबीको जयद क्रिकेट मैदानमा बिहीबार सम्पन्न समूह ‘बी’ अन्तर्गतको खेलमा हङकङविरुद्ध सात विकेटको जित निकाल्यो ।

Photo : Bangladesh Cricket Board

जितसँगै बंलादेशले दुई अंक जोडेको छ । हङकङको भने यो लगातार दोस्रो हार हो । हङकङले प्रस्तुत गरेको १४४ रनको लक्ष्य बंगलादेशले १७।४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

बंगलादेशका लागि कप्तान लिटोन दासले ३९ बलमा ६ चौका र एक छक्काको मद्दतले सर्वाधिक ५९ रनको योगदान गरे । यसैगरी तोविड हृदयले अविजित ३५, परभेज होसन इमोनले १९ र तान्जिद हसनले १४ रन बनाए । तेस्रो विकेटका लागि दास र हृदयले ९५ रनको साझेदारी गरेका थिए । हङकङका लागि अतिक इक्बालले दुई र आयुश शुक्लाले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४३ रनको योगफल तयार पारेको थियो ।हङकङका लागि निजाकत खानले ४२, जिशन अलीले ३०, कप्तान यासिम मुर्ताजाले २८ र बाबर हायतले १४ रन बनाए ।बंगलादेशका लागि तस्किन अहमद, तान्जिम हसन सकिब र राशिद हुसेनले समान दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply