१९ श्रावण,२०८२ : यस वर्षको कक्षा १२ को परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी पास भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार यस वर्ष नियमित तर्फका ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् भने ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड भएका हुन् ।

यो वर्ष १२ को परीक्षामा ५ हजार २०२ विद्यालयका ५ लाख ११ हजार परीक्षार्थी सामेल थिए, जसमा नियमित तर्फ ३ लाख ९५ हजार र आंशिकतर्फ १ लाख १५ हजार छन् ।
कक्षा १२ को पूरक परीक्षा भदौ २८ र २९ हुने
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक ९ग्रेड वृद्धि० परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन गर्ने भएको छ । सोमबार सार्वजनिक नतिजासँगै बोर्डले पूरक परीक्षाबारे जानकारी दिएको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ग्रेड सुधार गर्न चाहने विद्यार्थीका लागि भदौ २८ र २९ मा परीक्षा सञ्चालन गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?