You are currently viewing कक्षा १२ मा त्रिनगर माविको नतिजा सुधार,सन्देशले ल्याए सर्वोत्कृष्ट नतिजा /@TrinagarSchoolDhn

कक्षा १२ मा त्रिनगर माविको नतिजा सुधार,सन्देशले ल्याए सर्वोत्कृष्ट नतिजा /@TrinagarSchoolDhn

२० श्रावण,२०८२ : धनगढी उपमहानगरपालिका वडा न १ रहेको त्रिनगर माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा गतवर्ष भन्दा यसपटक नतिजामा सुधार गरेको छ । गतवर्ष २८ प्रतिशत नतिजा हाँसिल गरेको त्रिनगरले यसवर्ष ६ प्रतिशत नतिजा सुधार गर्दै ३४ प्रतिशत पुर्याएको छ ।

२०८१ को वार्षिक परीक्षामा ६६४ जना सहभागी भएकोमा २२६ जना उत्तिर्ण भएका छन । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार त्रिनगर माध्यमिक विद्यालयका लागि व्यवस्थापन संकायका विद्यार्थी सन्देश कठायतले सर्वोत्कृष्ट नतिजा ल्याए । कठायतले ३.८१ जिपिए प्राप्त गर्दै विद्यालय प्रथम भएका छन । यसवर्ष ३ जिपिए भन्दा माथि अंक ल्याउने विद्यार्थी संख्या ४२ जना रहेको विद्यालयका प्रधानाध्यापक भुपाल सिंह खड्काले जानकारी दिए ।

प्रधानाध्यापक खड्काले बताएअनुसार गत वर्ष त्रिनगरबाट कक्षा १२ को परिक्षामा ७५३ मा सहभागी भएकोमा २१८ जना ( २८ प्रतिशत ) उत्तिर्ण भएका थिए । गत वर्ष त्रिनगरमा कानुन संकाय अध्ययन गरेका सुनिल भट्टले ३.६६ जिपिए प्राप्त गरी धनगढी उपमहानगरपालिकामा सामुदायिक विद्यालय तर्फ प्रथम भएका थिए । उनलाई उपमहानगरपालिकाले सर्वोत्कृष्ट नतिजा हाँसिल गरेको भन्दै स्थापना दिवसको दिन नगद सहित पुरस्कृत गरेको थियो ।

नतिजा प्रकाशनपछि हामीसँग प्रतिक्रिया दिदै त्रिनगर माध्यमिक विद्यालयका प्रधानाध्यापक भुपाल सिंह खड्काले सबै शिक्षक साथीहरुको मिहनेत र विद्यार्थीहरुको लगनशिलताले पोहोर भन्दा यसपटक केहि मात्रामा नतिजामा सुधार आएपनि आफू धेरै सन्तृष्ट नरहेको भन्दै आगामी दिनमा आफ्नो टिमले थप उत्कृष्ट नतिजा ल्याउने गरी मिहिनेत गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply