You are currently viewing काठमाण्डु गोर्खाजले विराटनगर किंग्सलाई दियो सामान्य लक्ष्य

काठमाण्डु गोर्खाजले विराटनगर किंग्सलाई दियो सामान्य लक्ष्य

काठमाण्डु गोर्खाजले विराटनगर किंग्सलाई १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टर हारेर पहिला ब्याटिङको निम्तोे पाएको काठमाण्डु गोर्खाजले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३४ रन बनायो । गोर्खाजका लागि आदिल आलमले सर्वाधिक ४८ रनको पारी खेले । बेन काल्सवर्थले ३२ रनको पारी खेल्दा सन्तोष यादवले २६ रनको पारी खेले अन्य ब्याटरले उल्लेखनिय प्रर्दशन गर्न सकेनन ।

विराटनगर किंग्सका लागि मार्चण्डे लिंग्गाले २ विकेट चट्काए भने संदिप लामिछाने,सुभम रञ्जने र सूर्य तामाङले समान एक एक विकेट लिए ।
प्रतियोगीतामा दोश्रो खेल खेलिरहेको विराटनगर किंग्स लगातार जित निकाल्न चाहान्छ भने काठमाण्डु गोर्खाजले पहिलो खेलमा जित निकाल्दा दोश्रो खेलमा सुदूरपश्चिम रोयलससँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply