१६ भाद्र,२०८२ः कृष्णपुर नगरपालिका–९ मल्लो राजघाटमा आइतबार देखि गौरा पर्वको अवसरमा गौरा पर्व विशेष डेउडा कार्यक्रम २०८२ सुरु भएको छ।
आइतबार (भाद्र १५ गते) दिउँसो ४ बजे “कला संस्कृति हाम्रो पहिचान, संरक्षण गर्ने हाम्रो अभियान“ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रमको उद्घाटन भएको हो । उद्घाटन मारोहमा स्थानिय बासीहरुले देउडा, फाग,धमारी, गाएर रमाइलो गरेका थिए ।
समैजी समूह र बन्देवी सामुदायिक वन उपभोेक्ता समिपतको संयुक्त आयोजनमा भइरहेको यो कार्यक्रममा विभिन्न कलाकारहरूको प्रस्तुति रहेको छ । जसमध्य आज भाद्र १६ गते योगेन्द्र थापा र ममता धामी विच घमसाघम्सी देउडा हुन गईरहेको छ, भने भाद्र १८ गते नरेश जोशी र टिका साउँद बिच घमसाघम्सी देउडा सँगै विशेष प्रस्तुति रहने कार्यक्रमका संयोजक दिनेश ओझले जानकारी दिएका छन । कार्यक्रमले स्थानीय संस्कृति, परम्परा र कला संरक्षणमा टेवा पु¥याउने आयोजक समितिले विश्वास व्यक्त गरेको छ ।
यसै सन्दर्भमा भाद्र ७ गते यहाँका जेष्ठ नागरिक, समाजसेवी तथा बुद्धिजीवी अमर बहादुर साउदको अध्यक्षतामा विशेष बैठक सम्पन्न भएको थियो भने उक्त गौरा पर्व विशेष देउडा कार्यक्रम सञ्चालनका लागि दिनेश ओझाको संयोजकत्वमा ११ सदस्यीय समिति पनी गठन भएको थियो । कार्यक्रम भाद्र १६ देखि १८ गते विविध सांस्कृतिक प्रस्तुति सहित सम्पन्न हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?