You are currently viewing क्रिकेटर शेर मल्ललाई धनगढी प्रज्ञा सदनले गर्‍यो सम्मान | Sher Malla

क्रिकेटर शेर मल्ललाई धनगढी प्रज्ञा सदनले गर्‍यो सम्मान | Sher Malla

क्रिकेटर शेर मल्ललाई गृह प्रदेशमा स्वागत गरिएको छ । शुक्रबार धनगढी उपमहानगरपालिका वडा न.३ चटकपुरमा रहेको धनगढी प्रज्ञा सदनले स्वागत तथा सम्मान गरेको हो । विद्यालयले एक कार्यक्रमको आयोजना गर्दै मल्लले सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै नेपाली क्रिकेटमा उल्लेख्य योगदान पुर्‍याएकोले सम्मान गरिएको विद्यालयका प्रीन्सिपल तिर्थराज फुलाराले जानकारी दिए ।

कार्यक्रममा विद्यालयका संचालक धर्मराज जोशी लगायतले मल्लको आगामी खेल जिवनको शुभकामना दिएका छन् । सम्मानित भएपछि बोल्दै मल्लले आफ्नो ठाँउ स्वागत गर्दा र सम्मानित हुँदा आफुलाई अझ आत्मविश्वास बढ्ने बताएका छन् । उनले केहिबेर विद्यार्थीहरुलाई अटोग्राफ पनि दिएका छन् ।

त्यस्तै क्रिकेटरलाई आजै मल्ललाई कैलाली उद्योग वाणिज्य संघले पनि सम्मान गरेको छ । १९औं संस्करणको सुदूरपश्चिम महोत्सव प्रांगणमा अध्यक्ष पुष्कर राज ओझाले फुलमाला र दोसल्ला सहित मायाको चिनो प्रदान गर्दै सम्मान गरेको हो ।

मल्ल मंसिर २७ गते सम्मान दोश्रो संस्करणको नेपाल प्रीमियर लिग NPL को विजेता टोली लुम्बिनी लायन्सका मुख्य खेलाडी थिए । उनी प्रतियोगितामा सर्वाधिक विकेट लिदै मोटरसाइकल पनि जित्न सफल भएका थिए । अघिल्लो सिजन जनकपुर बोल्ट्समा आबद्ध मल्लले त्यहाँ पनि उत्कृष्ट प्रदर्सन गर्दै टिमलाई च्याम्पियन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply