You are currently viewing खाजाखर्च कटाएर ब्रेन क्यान्सरबाट पिडित आफ्ना पूर्व शिक्षक बोगटीलाई Rising Star English Boarding School का विद्यार्थीहरुले गरे आर्थिक सहयोग

खाजाखर्च कटाएर ब्रेन क्यान्सरबाट पिडित आफ्ना पूर्व शिक्षक बोगटीलाई Rising Star English Boarding School का विद्यार्थीहरुले गरे आर्थिक सहयोग

एक वर्षदेखि ब्रेन क्यान्सरबाट पिडित Rising Star English Boarding School का पूर्व लेखापाल जंगबहादुर बोगटीको उपचारमा सहयोग होस भन्ने हेतुका साथ खाजाखर्च कटाएर त्यहाँ अध्ययनरत विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन । बुधबार विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर रु २०,००० संकलन गरेको विद्यालयका प्रिन्सिपल हरिषचन्द्र शाहीले जानकारी दिए । यस संवेदनशील र दुःखद परिस्थितिमा विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूले मानवीय भावनासहित एक दिनको खाजा खर्च बचाई रु २०,००० सहयोग गर्दा आफूलाई निकै खुशी लागेको र विद्यार्थीहरुमा पनि सहयोग गर्नुपर्छ भन्ने भावना पलाएको र जिम्मेवारी बोध भएको प्रिन्सिपल शाहीले बताए ।

विद्यालयमा अध्यापनरत शिक्षिक शिक्षिकाहरुले पनि ५६,००० भन्दा बढी रकम संकलन गरेर सहयोग गरिसकेका छन । पिडित बोगटी हाल भारतको अहमावादमा उपचारथ छन । करिबन २० लाख भन्दा बढी खर्च भैसक्दा पनि ठिक हुने अवस्था नआएपछि चिकित्सकले निज बोगटीलाई डिसार्ज गरी नेपाल आफन्तकासँग भेटन अनुमति दिइसकेको पारिवारिक स्रोतले बताएको छ । बोगटीलाई नेपाल ल्याइपुर्यायन एम्बुलेन्समा रु १ लाख भाश्र खर्च हुने परिवारजनले भनेपछि हाल पिडित बोगटीका लागि विभिन्न ठाउँबाट आर्थिक सहयोग जुटिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply